सिपी भन्छन्, ‘अलिकति पनि कार्यदिशा नमिल्ने एमाओवादीसँग कसरी एकता हुन्छ ?

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ८:२६ मा प्रकाशित

cp gajurelसुर्खेत, २ वैशाख- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको अवस्थामा एकीकृत माओवादीसँग एकता हुन नसक्ने बताएका छन् ।

सुर्खेतमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत माओवादीसँग अलिकति पनि कार्यदिशा नमिल्ने भएकाले एकता हुन नसक्ने प्रष्ट पारे ।

कार्यदिशा सच्याएर आए एकीकृत माओवादीसँग एकता गर्न सकिने उनको भनाई थियो । साथै उनले सङ्घीयतालाई पाखा लगाउनका लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप पनि लगाए ।

वर्तमान सरकारले सङ्घीयता नचाहेकाले संविधान निर्माणभन्दा पहिला स्थानीय निकायको निर्वाचन गर्न लागेको उनको भनाइ थियो ।

गाउँ विकास समिति र जिल्ला विकास समितिको क्षेत्राधिकार कति हुने भन्ने संविधानमै उल्लेख हुने भए पनि पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीले शङ्का उब्जिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us