
काठमाण्डु, २० वैशाख – सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ ।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन् ।
गत वर्ष भत्ता बढेको थिएन । वृद्धभत्ता बढाएर मासिक पाँच हजार पुर्याउने चुनावका बेला भने पनि सरकारले गत वर्ष बढाएको थिएन ।