आउँदो वर्ष रेलमार्ग निर्माण थालिने

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १७:०७ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – सरकारले आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माण सुरु गर्ने भएको छ ।

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष रेलमार्ग निर्माण थाल्ने जानकारी गराइन् ।

साथै उनले आउँदो आर्थिक बर्षभित्रै मेलम्ची आयोजना सम्पन्न गर्ने, बुढीगण्डकी आयोजना निर्माण थाल्ने, भेरी बबई आयोजना २ वर्षभित्र सक्ने, चार वर्षमा सिक्टा सिँचाइ मर्मत गरिसक्ने जानकारी गराइन् ।

४ वर्षमा मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गको निर्माण सम्पन्न गर्ने, कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम कोरला खण्डलाई १२ महिना चल्ने बनाउने पनि उनले बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us