राजपा पनि नयाँ शक्ति र फोरमसँगै मिसिने संकेत

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग को वार्तामा राष्ट्रिय जनता पार्टी मिसिएको छ ।

नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, राजपा बरिष्ठ नेता महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव बबरमहलमा वार्ता भइरहेको छ ।

एकता वार्ताका लागि अध्यक्ष एबं उपप्रधानमन्त्री उपेन्द्र यादव नयाँ शक्तिको केन्द्रीय कार्यालय पुगेसँगै राजपा नेता ठाकुर पनि त्यहाँ पुगेकाे स्राेतले बतायाे ।

यसअघि हिजोसम्म नयाँ शक्ति र फोरमबीच पार्टी एकता वार्ता भएको थियो । नयाँशक्ति र फोरमले वैशाख २३ गते पार्टी उकता गर्ने मिति पनि तय गरिसकेका छन् ।

नयाँ शक्तिले पार्टी एकताका लागि सरकार छोड्नुपर्ने सर्त फोरम समक्ष राखेको थियो । केही दिन अगाडि बसेको संघीय संसदको बैठकमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारबाट बाहिरिने चेतावनी पनि दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us