
सिन्धुली, १६ बैशाख – सुनकोशी गाउँपालिका–६ स्थित बीपी राजमार्गमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला कमला नगरपालिका–२ का ३३ वर्षीय राजेशकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
धनुषाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा ६० प ९४ नम्बरको मोटर साईकल साँझ ५ बजे दुर्घटना भएको हो । मोटरसाइकल सडकमै अड्किएको र चालक सडकभन्दा एक सय मिटर तल पुगेको जनाइएको छ ।
मोटरसाइकल अनियन्त्रित भई सडक छेउको वालमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।