प्रदीपजंग पाण्डेः सरकारी कर्मचारीबाट निजी क्षेत्रको नेतासम्म

काठमाण्डु टुडे २०७० चैत ३० गते १२:३४ मा प्रकाशित
काठमाण्डु- कुनै बेला प्रदीपजंग पाण्डे सरकारी कर्मचारी थिए, तीन दशकपछि उनै पाण्डे निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेका छन् ।
pradipसरकारी कर्मचारी, व्यापारी र उद्योगपति हुँदासम्मको यो तीन दशकको यात्रामा पाण्डेले दर्जन कम्पनी स्थापना गरेका छन् । ती कम्पनीलाई चलाइरहेका छन् । सन् १९५० मार्च ३० गते जन्मिएका पाण्डेको संलग्नता अहिले सिमेन्ट, बैंक, औषधि र उर्जा उद्योगमा संलग्न छन् ।
बाणिज्य तथा अर्थशास्त्रमा स्नाकोत्तर पाण्डे अघिल्लो कार्यकालमा महासंघको उपाध्यक्षमा चयन भएका थिए । पाण्डे लोमस फर्मास्युटिकलका अध्यक्ष तथा प्रवन्ध निर्देशक हुन्, सिटिजन्स बैंकको अध्यक्ष समेत रहेका पाण्डेको संलग्नता अर्को वित्तीय संस्था आईएलएफसिमा पनि छ ।
उनी आईएलएफसिका प्रवद्र्धक हुन् भने शिखर इन्सुरेन्सका पनि अध्यक्ष हुन् । पाण्डेको जन्मभूमि जनकपुरमा कसमस सिमेन्ट उद्योग चलिरहेको छ भने त्यसैलाई विस्तार गरेर बिराटनगरमा इष्टर्न कसमस सिमेन्ट उद्योग पनि सञ्चालनमा छ । लोमस हर्वेनेरियाका अध्यक्ष पाण्डे लोमस इन्भेष्टमेन्ट कम्पनीका पनि अध्यक्ष हुन् ।
डाटा हबका प्रवद्र्धक पाण्डेले उर्जा क्षेत्रमा लगानी बढाउन माउण्टेन इनर्जी कम्पनी पनि चलाइरहेका छन् । यो कम्पनीमा उनी निर्देशक छन् । इन्टर मोडल ट्रान्सपोर्टका समेत सञ्चालक रहेका पाण्डे नेपाल धितोपत्र बोर्डमा पनि सदस्य छन्।
महासंघको उपाध्यक्ष बोर्ड सदस्य हुने प्रावधान अनुसार उनी त्यहाँ रहे पनि अध्यक्ष निर्वाचित भएसँगै बाहिरिनेछन्।  श्रम तथा औद्योगिक समस्या बारेमा उनलाई जानकार मानिन्छ । उद्योग वाणिज्य महासंघमा दुई पटक उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका पाण्डेले औद्योगिक क्षेत्रका समस्या समाधानमा आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै आएका छन् ।
निजी क्षेत्र अहिले आफ्नो फराकिलो भूमिका खोजिरहेको अवस्थामा छ । विदेशी दाताले लगानीको घोषणा गरेका छन्, सरकारले वातावरण बनाउने प्रतिवद्धता जनाएको छ । यस्तो बेला निजी क्षेत्रबाट आर्थिक पूर्वाधार तयार गर्ने जिम्मेवारी पाण्डेको काँधमा आइपुगेको छ । निजी क्षेत्रले पनि होटल, जलविद्युत लगायतका क्षेत्रमा खर्बौं रुपैयाँ लगानीको घोषणा गरेका छन् ।
सरकारी जञ्जाल र लगानी वातावरणवीचको असन्तुलनलाई भत्काएर निजी लगानीकर्तालाई प्रोत्साहित गर्न पाण्डे कति स्पष्ट दृष्टिकोण राख्लान्, त्यसको नेतृत्व कसरी गर्लान ? पाण्डेमाथि अहिले उठ्ने प्रश्न यिनै हुन् । किनभने विरोधीहरु पाण्डेसँग आफ्ना एजेण्डालाई स्थापित गर्ने प्रभावकारी व्यवस्थापन क्षमताको कमजोरी औंल्याउने गर्छन् ।
पाण्डे अध्यक्षमा चयन भएका छन् । एफएनसिसिआईमा उनले सबैभन्दा धेरै काम एशोसिएटका लागि गर्नुपर्दछ तर त्यही एशोसिएटमा भने भाष्कर टीमले क्लिन स्वीप गरेको छ । के यस्तो बेला उनले विरोधी खेमा रहेका भाष्कर टीमलाई सन्तुलनमा राखेर काम निकाल्न सक्लान् ? प्रश्न यो पनि उठेको छ ।
आइतवारको बिहानी प्रहरमा अध्यक्षमा विजयी भएको खबरसँगै उनले भने, मैले सबैलाई मिलाएर लैजान्छु । प्रतिश्पर्धी भाष्कर पनि मौकैमा त्यहाँ पुगे र भने, मैले पनि पाण्डेलाई समर्थन गर्छु । के यो तालमेल महासंघको कार्यविभाजन, र काम देखिएला ? त्यो पनि हेर्नुपर्ने हुन्छ ।
यसपटकको चुनाव लड्न त पाण्डे र भाष्करले लडेका थिए । तर यी दुवैलाई लडाउन पूर्व अध्यक्षहरुले राम्रै पापड बेलका छन् । भाष्करका लागि लडेका निवर्तमान अध्यक्ष सुरज वैद्यलाई मात्रै संयोजन गर्ने जिम्मा पाण्डेको काँधमा मात्रै आएको छैन् । पाण्डे स्वयंका लागि लडेका चण्डिराज ढकाल, कुशकुमार जोशी, रविभक्त श्रेष्ठहरुलाई सन्तुलना पनि राख्नु चुनौती पूर्ण छ ।
बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us