प्रकाण्ड बने मध्यकमाण्ड इन्चार्ज

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १५:११ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

हेमन्तप्रकाश वलीले सम्हालिरहेको उक्त जिम्मेवारीको ठाउँमा खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ल्याइएको छ ।

पार्टीलाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि वली पक्राउ परेका थिए । वली पक्राउ परेपछि खाली भएको जिम्मेवारीमा प्रकाण्डलाई ल्याइएको स्रोतले बतायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us