अन्ततः गुगल प्ले स्टोरबाट टिक–टक बन्द

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, ४ – भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिक–टक हटाउनुपर्ने माग गरेपछि भारतमा गुगल प्ले स्टोरबाट टिक–टिक हटाइएको छ ।

सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको थियो । मद्रास हाई कोर्टमा यसबारे सुनुवाई भइरहेकाले सर्वोच्च अदालत यसबारे पछि सुनुवाई गर्नेछ ।

यद्यपी, सर्वोच्च अदालतले यसै क्रममा एपको विषयमा मद्रास हाइकोर्टको निर्णयमाथि स्टे लगाउन पनि अस्विकार गरेको थियो ।

मद्रास हाईकोर्टले केन्द्र सरकारसँग चीनको यो भिडियो मोबाइल एपमाथि प्रतिबन्ध लगाउन भनेको थियो । यसले युवाको भविष्य र बच्चाको दिमाग खराब गरिरहेको अदालतले बताएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us