भैरहवा, २९ चैत – उप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले गुण्डागर्दी नियन्त्रण गरेरै छाड्ने बताएका छन् ।
एमाले रुपन्देहीको सातौं जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जनताको सुरक्षा मजवुत बनाउन गुण्डागर्दी र भ्रष्टाचार निर्मुल पार्ने बतएका हुन् ।
कानुन हात गुण्डागर्दी गर्नेलाई कारबाही गरिछनड्ने उनको अठोट छ । एमाले एक वर्षभित्रै संविधान निर्माण हुनु पर्ने पक्षमा रहेको भन्दै गृहमन्त्री गौतमले संविधान निर्माणकै लागि काँग्रेससँग मिल्नु परेको बताए ।
संविधान जारी हुनुभन्दा पहिला स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नको लागि जनताको साथ चाहिएको उनको भनाइ छ ।