पानी कहिले रोकिन्छ ? मौसम विभागले दियो यस्तो खबर

काठमाण्डु टुडे २०७६ वैशाख २ गते ११:२१ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार काठमाण्डु उपत्यकासहित देशभरजसो मौसम बदली भएको जनाएको छ । आज देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भेगमा मौसम बदली भएको हो ।

अपराह्नपछि पूर्वी र मध्य भेगका केही र पश्चिमको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज राति देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको विभागको बुलेटिनमा जनाइएको छ ।

यस्तो छ भोली र पर्सीको मौसमः

बैशाख ०३ गते (मंगलबार)

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमी भू–भागका केहि स्थान र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भ–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

रातिस्देशका पश्चिमि भू–भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू–भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू–भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०४ गते (बुधबार)

दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भ–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

रातिस् देशै भरि सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावाना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us