भूकम्प गयो

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – बाजुरा र आसपासका जिल्लामा सोमबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । 

बझाङको जयपृथीवी केन्द्रबिन्दु भएर ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको स्थानीय सुरक्षा निकायहरुले जनाएका छन् । बिहानै सर्वसाधारण सुतिरहेको बेला भूकम्प जाँदा स्थानीय त्रसित बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us