
इलाम, २८ चैत – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरूङले एनेकपा माओवादीसँग तत्काल एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ इलामले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले एकता गर्ने भन्ने कुरा भावनात्मक रूपमा नभई वस्तुगतरूपमा हुनुपर्ने बताए । उनले त्यसका लागि दुई पार्टीबीच विचार, धारणा र नीति मिल्नु पर्ने बताए ।
गोरखाको पालुङटार बैठकले पारित गरेका विषयमा सहमति जनाए आफूहरू एकताका लागि तयार हुने उनको भनाइ थियो ।