माघ ८ भित्रै संविधान जारी हुन्छ : नेपाल

काठमाण्डु टुडे २०७० चैत २८ गते ११:३२ मा प्रकाशित

madhav nepalभक्तपुर, २८ चैत – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी माघ ८ गतेभित्रमा नयाँ संविधान जारी भइसक्ने दावी गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले ३५औँ शिक्षक दिवसका अवसरमा शुक्रबार भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभाको सबै स्वामित्व राजनीतिक दल र बर्तमान संविधानसभाले ग्रहण गरिसकेकाले आगामी माघ ८ गतेभित्रमा संविधान जारी हुने दाबी गरेका हुन् ।

उनले भने, ‘संविधान नबन्ने अवस्था आए विवादित विषयलाई प्रक्रियामा गएर भए पनि समय मै टुङ्ग्याइनेछ तर संविधान निर्माण अब रोकिदैन ।’ संविधान जारी गर्न सहमतिको अधिकतम प्रयास गरिने उल्लेख गर्दै उनले दलहरूकोबीचमा सहमति कायम हुन नसके संविधानसभाको दुई तिहाइको प्रक्रियामा जाने बताए ।

नेता नेपालले राजनीतिक दल र नेताले जनताको विश्वास जित्ने कार्य गर्न नसकेको उल्लेख गर्दै सरकार र दल जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

शिक्षक समाजको सम्पत्ति भएको चर्चा गर्दै उनले शिक्षकले बफादार भएर पठनपाठन गराउन सके भोलिको भविष्य उज्वल हुने बताए ।

शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले सरकारले २०६३ सालभन्दा पछाडिका अस्थायी शिक्षकलाई पनि उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए ।

सोअवसरमा भक्तपुरमा रहि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षा सेवी तथा पूर्व प्राध्यापकहरू र शिक्षाको क्षेत्रमा योगदान पु¥याउने शिक्षकशिक्षिकालाई सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us