महालेखाको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

काठमाण्डु टुडे २०७० चैत २८ गते ११:२८ मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु, २८ चैत – राष्ट्रपति डा. रामवरण यादवसमक्ष महालेखापरीक्षकको कार्यालयले शुक्रबार आफ्नो ५१औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

महालेखापरीक्षक भानुप्रसाद आचार्यले उक्त प्रतिवेदन राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेस गरे ।

त्यस अवसरमा उक्त कार्यालयका नायब महालेखापरीक्षकलगायत वरिष्ठ कर्मचारीको उपस्थिति थियो ।

नेपालको अन्तरिम संविधान, २०६३ अनुसार उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us