
काठमाण्डु, २८ चैत – संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ४८औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७० को आज यहाँ उद्घाटन गर्दै उनले नेपालको लामो समयदेखिको राजनीतिक अस्थिरताले देशको आर्थिक विकासको क्रम प्रभावित भएको उल्लेख गरे ।
नेम्वाङले देश राजनीतिक स्थिरताका लागि अघि बढिरहेको चर्चा गर्दै पछिल्ला समयमा विगतको संविधानभाका उपलब्धिको स्वमित्व ग्रहण गर्दै संविधान निर्माणको कार्यलाई एक वर्षमा सम्पन्न गर्नेतर्फ संविधानसभा लक्षित बनेको बताए ।
अध्यक्ष नेम्बाङले औद्योगिकीकरणका माध्यमबाट देशको आर्थिक समुन्नतिका लागि महासङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि सरकार र महासङ्घबीच आर्थिक समुन्नतिका लागि सहकार्य हुने विश्वास व्यक्त गरे ।
उनले रोजगारीको खोजीमा प्रतिदिन एक हजार ५०० सम्म युवा विदेसिएका र जसका कारण कृषि प्रदान देश नेपालका खेतीयोग्य जमिन बाँझिएको अवस्थाले यहाँको उत्पादनमा नकारात्मक प्रभाव परेकोप्रति गम्भीर बन्नुपर्छ, भने
महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक दलबीचको खिचातानी र असमझदारीबाट देशलाई असफल पार्न नहुने धारणा राख्दै संविधानसभाको सफलताले देशलाई आर्थिक एवम् व्यावसायिक उन्नतीतर्फ लैजाने विश्वास व्यक्त गरे ।
भोलिसम्म चल्ने साधारणसभाले महासंघको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।