पर्सा, २८ चैत –पर्साको बिन्दवासिनी गाविसबाट गएराति ठूलो परिमाणमा भारतीय कुखुराको चल्ला बरामद गरिएको छ ।
प्रहरी चौकी बिन्दवासिनीबाट प्रहरी हवल्दार उपेन्द्र यादवको नेतृत्वमा खटिएको प्रहरीको टोलीले करिब चार हजार चल्ला बरामद गरेको हो ।
भारतबाट साइकलमा ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरिएको प्रहरी सहायक निरीक्षक सोमबहादुर मोक्तानले बताए ।
बरामद गरिएको चल्ला जिल्ला पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।