पन्ध्र गाविसका एउटै सचिव

काठमाण्डु टुडे २०७० चैत २८ गते १:५० मा प्रकाशित

कालीकोट, २८ चैत–घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा एउटै सचिवले १५ गाविस हेर्नु परेको छ ।

कालीकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरु एकै समयमा घरबिदामा गएका छन् ।

जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ गाविसको कामको जिम्मा लिएको र अन्य गाविसको समेत काम गरेको बताउछन् ।

गाविसका सचिवहरु एकै समयमा बिदामा गएपछि सेवाग्राही मारमा परेका छन् । अहिले अधिकांश गाविसमा भवन नभएका कारण सदरमुकामबाटै हरेक काम भइरहेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us