जनताको काम छिटो गरिदिन उपराष्ट्रपतिको आग्रह

काठमाण्डु टुडे २०७० चैत २७ गते १३:४२ मा प्रकाशित

paramananda jhaसप्तरी, २७ चैत – उपराष्ट्रपति परमानन्द झाले जनताको काम छिटो छरितो र सर्वसुलभ ढङ्गबाट गरिदिन सरकारी कार्यालय प्रमुखहरुसँग आग्रह गरेका छन् ।

दुई दिनदेखि गृह जिल्ला सप्तरीमा रहेका उपराष्ट्रपति झाले बिहीबार प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा जिल्लाको विकास निर्माणको काम पारदर्शीरुपमा समयमा सम्पन्न गर्न आग्रह गरे ।

उपराष्ट्रपति झाले भने, ‘उपराष्ट्रपतिको हैसियतले कर्मचारीहरुलाई कुनै किसिमको निर्देशन दिन मिल्दैन्, तर तपाइँसँग जनताको समस्याका बारेमा मात्र छलफल र सुझाव दिएको हुँ ।’

उनले जिल्लामा आउने विकास योजनाका कामका साथै जनताका पीरमर्का बुझी निर्धारित समयमा नै पारदर्शीरुपमा काम सम्पन्न गर्नुपर्ने उल्लेख गरे । ।

यसैबीच उपराष्ट्रपति झा बिहीबार पनि पूर्वाञ्चलको प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिर प्राङ्गणमा सञ्चालित मिथिलाञ्चल मैथिल संस्कृति सम्मेलन एवम् निःशुल्क सामूहिक यज्ञोपवित कार्यक्रममा सहभागी भए ।

मैथिल ब्राहमण सभाद्वारा आयोजित उक्त सम्मेलन एवम् निःशुल्क सामूुहिक यज्ञोपवित कार्यक्रमको बुधबार एक कार्यक्रमका बीच उपराष्ट्रपति झाले उद्घाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us