
काठमाण्डु, २७ चैत – बिहीबार दिउँसो भएको भिषण आगलागीका कारण सप्तरीको जमुनिमधेपुरा गाउँ विकास समिति वडा नं. ६ स्थित थल्ही गाउँका ५ दर्जन बढी घर खरानी भएका छन् ।
आगलागीमा परी स्थानीय अढाई बर्षीय बालिकाको समेत जलेर मृत्यु भएको छ । अन्य दुईजना बच्चा हराईरहेका छन् ।
दिउँसो साढे १ बजे तिर स्थानीय मोहम्मद सलामतको घरबाट सल्किएको आगो गाउँभरी फैलिएको थियो । अधिकांश घरमुलीहरु गहुँ काटन खेतमा गएको हुनाले कुनैपनि सरसमान निकाल्न नसकिएको पिडितहरुले बताएका छन् ।
आगलागीबाट करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।
आगो राजबिराज तथा लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी, नेपाली सेना तथा स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिईएको छ ।