काठमाण्डु, २७ चैत – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले सत्रबुँदे माग राख्दै संघर्षरत रहे पनि मागको सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरेको छ ।
गत फागुन १ गतेदेखि संघको अगुवाइमा चरणबद्ध आन्दोलन गर्दै आएकामा समस्याको समाधानभन्दा पनि विश्वविद्यालय प्रशासन त्यसबाट भाग्न खोजेको आरोप संघले लगाएको छ ।
संघका अनुसार कलम बन्द, धर्ना हुँदै ३३ दिनसम्म जारी २४ घन्टे रिले अनशनप्रति विश्वविद्यालय प्रशासनले कुनै चासो नदिएका कारण अब आफूहरु अनशन बस्ने चेतावनी संघका सभापति योगेन्द्रनारायण बडवरियाले जानकारी दिए ।