एमाले मुख्यालय बल्खुमा श्रमिक संघको धर्ना

काठमाण्डु टुडे २०७० चैत २७ गते २:२४ मा प्रकाशित

uml officeकाठमाण्डु, २७ चैत –नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आज एमाले मुख्यालय बल्खुमा धर्ना दिदैछ ।

बिहान ११ बजेदेखि १ बजेसम्म संघले धर्ना दिन लागेको हो ।

सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै उनीहरुले आज एमाले मुख्यालय धेरा उगर्न लागेका हुन् ।

साथै उनीहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र पनि बुझाउने भएका छन् ।

यस अघि हिजो उनीहरुले एकीकृत नेकपा माओवादीको पार्टी कार्यलय घेराउ गरेका थिए ।

स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने, स्वरोजगार व्यवसायीमाथि हुने दुव्र्यवहार बन्द गर्नुपर्ने, व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

सरकारले गत फागुन १४ देखि सडकमा व्यवसाय गर्दा पैदल यात्रुहरुलाई हिँडडुल गर्न समस्या आएको भन्दै सो व्यवसाय सञ्चालनमा रोक लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us