
काठमाण्डु, २६ चैत – अवकाश पाउन एक साता बाँकी रहेका सर्वोच्च अदालतका एक अस्थायी न्यायधीशले उमेर सच्याउन न्यायपरिषद्मा निवेदन दिएका छन् ।
अस्थायी न्यायधीश तर्कराज भट्टले पहिले परिषद्लाई उपलब्ध गराएको रेकर्ड गलत भएको भन्दै सच्याउन माग गरेका छन् ।
भट्टले यसअघि पुरानै जन्म मितिका आधारमा पनरावेदनको मुख्य न्यायाधीशबाट अवकाश पाएको पत्र बुझेको थिए ।
६३ बर्षको उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका थिए । न्यायपरिषदमा सोहीअनुसार पनुरावेदनबाट अनिवार्य अवकाश पाएका उनले तत्कालीन समयमा सो जन्ममितिमा कुनै प्रतिवाद नगरेको न्यायपरिषदको भनाई छ ।
अहिले सर्वोच्चमा अस्थायी न्यायधीशबाटै अवकाश पाउने पक्कापक्की भएपछि भट्टले परिषद्मा उमेर सच्याउन निवेदन दिएका हुन् ।
स्थायीको प्रक्रिया जारी रहेको, तर समय छोटो भएको अवस्थामा भट्टको निवेदन आउनुलाई परिषद् पदाधिकारीले रहस्यका रुपमा हेरेका छन् ।
यसअघि पेश गरेको उमेरअनुसार उनले १ बैशाख ०७१मा सर्वोच्चबाट अवकाश पाउनेछन् । सर्वोच्चको न्यायाधीशका लागि ६५ बर्ष उमेर हद छ ।