प्रधानमन्त्रीद्वारा जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्विकार

काठमाण्डु टुडे २०७० चैत २५ गते १२:०० मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्विकारेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले सबै दललाई मिलाएर लैजानु पर्ने बाध्यता भएकाले सरकारको गति सुस्त भएको दावी गरे ।

पार्टीभित्र र गठबन्धनका दलहरुसँग छलफल नै नगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर गल्ती गरेको स्विकार्दै उनले जनतालाई अनुदान दिनु पर्ने रकम आयल निगमलाई अनुदान दिनुपर्ने अवस्था रहेकाले मूल्य वृद्धि बाध्यता भएको बताए ।

एक वर्ष भित्रै संविधान जारी गर्ने दृढताका साथ सरकार अघि बढेको उनको भनाइ छ । अघिल्लो संविधानसभाले गरेका ८० प्रतिशत कामको स्वामित्व लिइने भएकाले बाँकी विषयमा सहमति जुटाएर संविधान जारी गर्न सकिने उनको भनाइ छ ।

साथै कोइरालाले मुलुमा ५–७ प्रदेश उपर्युक्त हुने धारणा राखेका छन् । धेरै प्रदेश बनाए देशले खर्च धान्न नसक्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us