
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि जापानी राजदूत मसासी अगवा एवम् जापान अन्तर्राष्ट्रिय श्रम कोषका अध्यक्ष हिरोयुकी नागुमो नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको पश्चिम क्षेत्र निकै पिछडिएका कारण सो क्षेत्रमा सीप तथा रोजगारमूलक कार्यक्रमका लागि सहयोग गर्न गरेको आग्रहलाई जापानी टोलीले सकारात्मक रुपमा लिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
नेपाल टे«ड युनियन काँग्रेसको निमन्त्रणामा नेपाल आउनुभएका नागुमो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगको भेटघाटपछि टे«ड युनियन काँग्रेसद्वारा सञ्चालित परियोजनामा सहयोग गर्ने बताएको छ । जापानी प्रतिनिधिमण्डलले टे«ड युनियन काँग्रेसद्वारा कास्की, मोरङ र भक्तपुरमा हाल सञ्चालित ग्रामीण क्षेत्रमा सीपमूलक कार्यक्रमको अवलोकन गरी सहयोग गर्ने जनाइएको छ ।
भेटवार्तामा दुई देशबीच आपसी सम्बन्ध र जापानको सहयोगका सम्बन्धमा समेत छलफल भएको थियो । सो भेटवार्तामा टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, पूर्वअध्यक्ष लक्ष्मण बस्नेतलगायत पदाधिकारीकोे सहभागिता थियो ।