सत्य निरुपण तथा मेलमिलाप आयोगको बिधेयकले अन्तिम रुप पाउने

काठमाण्डु टुडे २०७० चैत २५ गते ४:२७ मा प्रकाशित

काठमाण्डु, २५ चैत – सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकमा समावेश गर्ने विषयहरुका बारेमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ ।

विधेयकमा कुन कुन विषय समेट्ने र कस्ता प्रावधान राख्ने भन्ने विषयमा छलफल हुन लागेको हो ।

द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कस्तो कारवाही हुने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।

सत्तारुढ दलले बनाएको विधेयकमा एमाओवादीले आपत्ति जनाएपछि तीन दलबीच छलफल हुन लागेको हो ।

दिनभर कार्यदलले गरेको तयारीपछि वेलुका तीन दलका शीर्ष नेताको बैठक बस्ने प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

विधेयक मस्यौदा बनाउन सरकारले एकतर्फी र षडयन्त्रमुलक ढंगले कार्यदल बनाएको भन्दै एकिकृत नेकपा माओवादीले त्यस्तो विधेयक जलाउने चेतावनी दिएपछि प्रमुख दलका नेताहरुले विधेयकको मस्यौदा बनाउन कार्यदल बनाइएको थियो ।

कार्यदलले बनाएको मस्यौदामाथी शीर्ष नेताहरुले छलफल गरेर टुंगो लगाउने भएका छन् । नेताहरुले भने सहमति नजिक पुगेको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us