क्रान्तिकारीको बन्द शत्र जारी

काठमाण्डु टुडे २०७० चैत २४ गते १:३४ मा प्रकाशित

काठमाण्डु, २४ चैत– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज पनि flag of akhil- krantikariबन्द शत्र जारी छ ।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा बिहान ८ बजेबा६ जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक तथा महासचिव बिन्दमान विष्टको विधान संशोधन प्रस्तावमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

यसअघि हिजो १७ मध्ये ११ टोली नेताले छलफलको निष्कर्ष बन्द शत्रमा पेश गरेका थिए । बन्द शत्रमा आयोजक समितिका सदस्य १ सय ७१ बाहेक १ हजार १ सय ८५ प्रतिनिधि सहभागी रहेको सचिवालय सदस्य दीपक देवकोटाले जानकारी दिए ।

आजै बन्द शत्र सकिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने देवकोटाले बताए । पार्टी शीर्ष तहमा भएको सहमति प्रयास विफल भएपछि नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बढेको छ ।

अध्यक्षमा उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्ल तथा महासचिव बिन्दमान विष्टको दाबी छ । महासचिवमा नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङ आकांक्षी छन् ।

तीन जना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, मदन चुडाल, रमेश धामी, तिलक भण्डारी, राजु आले लगायत एक दर्जनभन्दा बढीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

यसैबीच आज सहमति प्रयासका लागि पार्टी शीर्ष तहमा अन्तिम छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us