
काठमाण्डु, २३ चैत– काठमाण्डुमा आइतबार करिब २० मिनेटजति नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।
तीन बजेको समयमा अवरुद्ध भएको मोबाइल सेवा ३ बजेर २० मिनेटमा खुलेको हो । मोवाइल सेटमा टावर देखिए पनि नम्बर डायल गरेपछि सेवा अवरुद्ध भएको सूचना आएपछि उपभोक्ता छक्क परेका थिए ।
सेवा सुचारु भए पनि नेटवर्कमा अझै समस्या छ । टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले मुख्य स्वीचमा समस्या आएका कारण राजधानीका केही क्षेत्रमा सेवा अवरुद्ध भएको बताइन ।
‘स्वीचमा आएको समस्याका कारण केहीबेर मोबाइलमा समस्या आएको हो’, प्रधानले भनिन्, ‘अहिले समस्या छैन, खुलिसक्यो ।’