
सुनसरी, २३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा संविधान बन्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
सुनसरीको इटहरीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बन्न नदिन विरोधी शक्ति सक्रिय भएको बताए ।
विरोधीको अवरोधका बीच एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिएरै छाड्ने अठोट उनको थियो । ‘विरोधी शक्ति संविधान बन्न नदिने षड्यन्त्रमा लागेका छन्’, कोइराालले भने, तर म एक वर्षभित्र जसरी पनि संविधान जारी गरेरै छाड्छु ।’
तर विरोधी शक्ति कुन हो भन्नेबारे उनले थप खुलाएनन् । कोइराला काँग्रेस नेतृ सुजाता कोइरालाका साथ इटहरीस्थित बुढीखोलामा घाट जलविद्युत आयोजना उदघाटनका लागि आएका हुन् ।