म्याग्दी, २१ चैत – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सर्वपक्षीय राजनीतिक सभामार्फत विवादित अन्र्तवस्तु टुङ्गाएर संविधान जारी गर्नुपर्ने बताएका छन् ।
नेकपा–माओवादी म्याग्दीको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन म्याग्दी पुगेका गजुरेलले सदरमुकाम बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा एक वर्षभित्र संविधान बनाउने कार्यतालिका जनतालाई ढाँट्ने बहना मात्रै भएको टिप्पणी गर्दै सर्वपक्षीय राजनीतिक सभामा अन्तर्वस्तु टुङ्गाएर संविधान जारी गर्नु नै उत्तम विकल्प भएको बताए ।
जिविस र गाविसको कार्यक्षेत्र र अधिकार संविधानमा उल्लेख हुने भएकाले संविधान जारी गरेपश्चात् मात्रै स्थानीय निकायको निर्वाचन गराउनुपर्नेमा जोड दिँदै उनले काँग्रेस र एमालेले संविधान जारी नगर्दै स्थानीय निर्वाचन गरी सङ्घीयता र राज्य पुनःसंरचना हुन नदिने षडयन्त्र गरेको आरोप लगाए ।