काठमाण्डु, २१ चैत – स्वास्थ्य समस्याका कारण मानवअधिकारकर्मी कृष्ण पहाडीले अनसन तोडेका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएपछि वीर अस्पताल भर्ना भएका पहाडीले शुक्रबार दिउँसो आफैं अनसन तोडेका हुन् ।
रोम विधान अनुमोदनको माग राख्दै पहाडी यही चैत १७ गतेबाट रत्नपार्क शान्ति बाटिकामा आमरण अनशनमा बसेका थिए ।