
काठमाण्डु, २० चैत– उपप्रधान तथा गृहमन्त्री बामदेव गैतमले केन्द्रीय दैवीप्रकोप उद्धार समिति अध्यक्षका हैसियतमा बोलाएको बैठकमा काँग्रेसका तर्फबाट समितिमा रहेका मन्त्रीहरु अनुपस्थित भएका छन् ।
गृहमन्त्री भएपछि गौतमले पहिलोपटक बिहीबार समितिको बैठक डाकेका थिए । मुलुकका विभिन्न स्थानमा आगालागीका कारण धनजनको क्षति भएको विषयमा छलफल गर्न गौतमले बोलाएको बैठकमा समिति सदस्य रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सहरी विकासमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी नगएका हुन् ।
बैठकमा सम्वद्ध मन्त्रालयका सचिवहरु मात्र सहभागी थिए । मन्त्रीहरु सहभागी नभएको बैठकले दैवी प्रकोप नियन्त्रण तथा घटनापति राहत र उद्धारका लागि सरकारी संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।