प्रधानमन्त्रीसँग प्राध्यापकहरुको भेट

काठमाण्डु टुडे २०७० चैत २० गते १२:०५ मा प्रकाशित

काठमाण्डु, २० चैत – प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलहरुबीच संविधान निर्माण र सरकारको गतिशीलताका बारेमा घनिभूत छलफल भइरहेको बताएका छन् ।

नेपाल प्राध्यापक संघको प्रतिनिधिमण्डलसँग विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान जारी गराउन आफू दृढताका साथ अधि बढेको उल्लेख गरे ।

भेटमा प्रतिनिधि मण्डलको नेतृत्वको गरेका संघका अध्यक्ष रामेश्वर उपाध्यायले दिएको जानकारी अनुसार प्रधानमन्त्री कोइरालले सबै दलहरुबीचको सहमतिमा लोकतान्त्रिक संविधान जारी हुने विश्वास पनि व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us