महोत्तरी जिल्ला अस्पतालमा बिरामीको चाप

काठमाण्डु टुडे २०७० चैत २० गते ९:०३ मा प्रकाशित

गौशाला, २० चैत – बढ्दो गर्मी र दूषित हावाहुरीका कारण जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालमा अहिले दैनिक २०० भन्दा बढी बिरामीको चाप रहने गरेको छ ।

चैतको गर्मी र दूषित हावाहुरीसँगै जिल्लामा भाइरल फिवर, टाइफाइड, रुघाखोकी, नियोमोनिया, झाडापखाला, पेट दुख्ने, छाला चिलाउनेजस्ता रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै जिल्ला अस्पतालका प्रमुख डाक्टर द्वारिकाप्रसाद साहले अहिले दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए ।

छयहत्तर वटा गाविस र एक नगरपालिका रहेको महोत्तरीमा जिल्लाका विभिन्न स्वास्थ्य चौकी, इलाका स्वास्थ्य कार्यालय र हेल्थ पोष्टहरुमा पनि त्यस्ता समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्यामा अत्यधिक वृद्धि भएको विभिन्न ठाउँबाट स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us