केन्द्रीय कारागार नुवाकोट सर्ने

काठमाण्डु टुडे २०७० चैत २० गते ६:५२ मा प्रकाशित

singh durbarकाठमाण्डु, २० चैत– सरकारले राजधानीको सुन्धारास्थित केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कारागार सार्ने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद बैठकले हालै सचिवमा बढुवा भएका प्रभाकर पाठकलार्ई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्तरोन्नतिका लागि तीन करोड रुपैयाँ अनुदान दिने निर्णय पनि गरेको छ ।

त्यस्तै सरकारले अन्तर्राष्टिय वित्तिय संस्थालाई ५ अर्बसम्म ऋण जारी गर्न सक्ने निर्णय पनि गरेको छ । यस्तै हंगेरी र इटलीमा नेपालको अवैतनिक महावाणिज्यदूतको कार्यालय खोल्ने निर्णयसमेत गरेको छ ।

विश्व बैंकले मेलम्ची खानेपानी आयोजनाका लागि दिन लागेको ऋण लिन अर्थ मन्त्रालयलाई मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us