नेपाली सेनाद्वारा तीन किलोमिटर सडक मर्मत

काठमाण्डु टुडे २०७० चैत २० गते १:४६ मा प्रकाशित

तेह्रथुम, २० चैत– तेह्रथुम सदरमुकाम म्याङलुङ बजारस्थित नेपाली सेनाको भगवतीप्रसाद गुल्मको सक्रियतामा करिब तीन किलोमिटर लामो सडक मर्मत कार्य सम्पन्न भएको छ ।

म्याङलुङ–मङ्गलबारे सडकखण्डअन्तर्गत म्याङलुङ बजारदेखि उराठेसम्म जनहित र जनसम्बन्ध सुधार गर्ने उद्देश्यले सडक मर्मत गरिएको जानकारी गुल्मपति महेश शाहले बताए ।

सडक मर्मत गर्न ३६ जना सैनिक अधिकृत, सैनिक जवान र त्यति नै सङ्ख्यामा स्थानीय जनताको सहभागिता रहेको उनले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us