
काठमाण्डु, १९ चैत – नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले एकीकृत माओवादी व्यवहारिक रुपमै सच्चिए पार्टी एक हुनसक्ने बताएका छन् । राजधानीको संवाद डबलीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
यद्यपी अहिलेपनि सहकार्य भइरहेको उनको भनाइ छ । ‘दुबै पार्टीको जनयुद्धकालीन मुद्दा र स्थानीय चुनावको विषयमा साझा धारणा भएकाले यसमा सहकार्य गरिरहेका छौं,’ उनले भने, उहाँहरु व्यवहारिक रुपमा नै सच्चिनु भयो भने एकताको आधार तयार हुन्छ ।’
आफूहरुको फुटले विरोधीहरु बलियो भएको भन्दै उनले बामपन्थी शक्तिहरु एक हुनु पर्नेमा जोड दिए । वर्तमान संविधानसभाले संविधान जारी गर्न नसक्ने उनको दावी छ ।