
प्युठान, १९ चैत – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले अहिले स्थानीय निकायको चुनावभन्दा लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने प्रमुख कार्य रहेको बताएकी छन् ।
क्रान्तिकारी पत्रकार संघले बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आज बोल्दै उहाँले संविधानसभाको पहिलो प्राथमिकता संविधान निर्माणको काम भएकाले त्यसपछि मात्र स्थानीय निकायको चुनाव गराउनुपर्ने दोहो¥याईन् ।
नेपालमा पटकपटक संविधान लेख्नुपरेको विगत स्मरण गराउँदै उनले यसपटकको संविधान परिवर्तनको संविधान भएकाले सरकार र सबै दलहरुलाई सचेत बन्न आग्रह गरिन् ।
‘संक्रमणकाल लम्बिँदा अरु भय र समस्या उत्पन्न हुन्छ’, उनले भनिन्, ‘जनमुखी संविधान निर्माणमा सबैको जोड हुनु जरुरी छ ।’
जनताको म्यान्डेटअनुसार संविधान निर्माणको काम तीव्रगतिमा भइरहेकाले समयमै संविधान जारी हुनेमा उनको विश्वास छ ।