
राजविराज, १९ चैत – बाइस वर्षीया महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा भारतिय नागरिक २८ वर्षीय रामकृष्ण मेहताविरुद्ध प्रहरीले बुधबार मानव बेचबिखन मुद्दा दर्ता गरेको छ ।
भारतको बिहार सुपौल भगवानपुर–९ घर भई सप्तरीको बमनगामा कट्टि गाविस–८ मन्सापुरमा रक्सी, मासु पसल सञ्चालन गरी बस्ने मेहता विरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरेको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
मकवानपुरको हेटौँडा नपा–२ घर भई सुनसरीको इटहरी नपा–१० बस्ने महिलालाई इटहरी पु¥याइदिने भन्दै झुक्याइ भारततर्फ लैजाँदै गर्दा मेहता पक्राउ परेका थिए ।
इटहरीबाट मेहताकी पत्नीसँग सप्तरी आएकी पीडितलाई मेहताले इटहरी पु¥याइदिने भन्दै बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजान खोज्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक अमात्यले बताए ।