प्रधानमन्त्री कोइराला भेटघाटमा व्यस्त

काठमाण्डु टुडे २०७० चैत १९ गते ५:०९ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले सरकारमा छिटो सहभागिताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई आग्रह गरेका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभामा सहभागी र बाहिर रहेका दलहरू बीचको सहमति, सहकार्य र एकतामा सरकार अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीकाअनुसार उनीहरुबीच संविधान निर्माण एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भएको थियो ।

भेटमा अध्यक्ष थापाले संविधान निर्माणमा दलहरूबीच एकता र सहकार्यको आवश्यकता भएको बताएका थिए । प्रधानमन्त्री कोइरालाले मङ्गलबार राप्रपाका नेता पशुपतिशम्शेर जवरासँग भेट गरेका थिए ।

प्रधानमन्त्री कोइरालाले आजै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us