सभासद्को पच्चीस प्रतिशत पारिश्रमिक गरिब, विपन्नको पढाइमा

काठमाण्डु टुडे २०७० चैत १९ गते ३:३३ मा प्रकाशित

स्याङ्जा, १९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङले सभासद् भएबापत पाउने पारिश्रमिकको २५ प्रतिशत रकम गरिब तथा विपन्न विद्यार्थीको पढाइमा खर्चिने घोषणा गरेका छन् ।

नेपाली काँग्रेस चित्रेभञ्ज्याङ गाउँ कार्यसमितिले मङ्गलबार यहाँ आयोजना गरेको गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाइ घोषणा गरेका हुन् ।

गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै सभासद् गुरुङले देशका सबै सभासद्ले यस प्रकारको अभियान चलाएमा देशमा रहेका गरिब, अनाथ तथा असहाय बालबालिकाले पढ्न पाउने बताए ।
सभासद् गुरुङले चित्रेभञ्ज्याङ–२ स्थित बाल सूर्योदय प्राविमा अध्ययनरत पाँच तथा वडा नं ९ स्थित मन प्राविका पाँचजना गरी १० बालबालिकालाई जनही रु एक हजारका दरले छात्रवृत्ति प्रदान गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us