क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार

काठमाण्डु टुडे २०७५ फागुन २ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, २ फागुन –सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।

बास्कोटाका अनुसार क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय भएको छ ।

सँगै सरकारले फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको बाँस्कोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us