रुपन्देहीले पायो ९४ रनको लक्ष्य

काठमाण्डु टुडे २०७५ माघ २९ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, २९ माघ – धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सले रुपन्देही च्यालेञ्जर्सलाई ९४ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै ९३ रन बनायो । खराव सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउदा उसको तीन विकेट गएको थियो ।

हरीशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५७ रन बनाउदा ६ विकेट गएको थियो । जसमा पृथु बास्कोटा चार, सुवास ऐयर नौ तथा शंसद शेख १० रनमा आउट भए । लगतै अभिनाश बोहोरापनि आउट भएपछि उसले ७७ रनमा आठ विकेट खेर फाल्यो ।

बलिङमा रुपन्देहीका पुनित महेराले तीन तथा ललित भण्डारी र बसन्त रेग्मीले दुई दुई विकेट लिए । उसकालागि कुशल भुर्तेलले १२ रन बनाउदा अन्य खेलाडीले राम्रो खेल्न सकनेन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us