पारस आइसीसीको ४० औं नम्बरमा, कुन खेलाडी कति औं स्थानमा ?

काठमाण्डु टुडे २०७५ माघ २८ गते १४:११ मा प्रकाशित

काठमाण्डु, २८ माघ – नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार प्रकाशित गरेको र्याङकिङमा टी–२० अलराउण्डरको सूचीमा खड्का ४० औं नम्बरमा छन् ।

सोमपाल कामी  टी–२० क्रिकेटको बलिङ बरियतामा २२ स्थान सुधार गरेका छन् ।

यसअघि ९२ औं स्थानमा रहेका उनी २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् । यो उनको करिअरकै सबैभन्दा राम्रो उपलब्धी हो । सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि वरियता सुधार गरेका छन् । उनी ७१ औं स्थानमा छन् । त्यस्तै, आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि वरियतामा ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us