बीबीएलमा सन्दीपको कमाल, पहिलो ओभरमै लिए एक विकेट

काठमाण्डु टुडे २०७५ माघ २७ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २७ माघ – अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले नवौ विकेट लिएका छन् ।

लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सविरूद्ध सन्दीपले टोलीका लागि छैठौं विकेट लिने क्रममा आफ्नो पहिलो ओभरको पाँचौ बलमा इंल्याण्डका टोम कुरानलाई एलबिडब्लुको धरापमा पारेका हुन् ।

आठौ ओभर लिएर आएका सन्दीपले १ रन खर्चिएर १ विकेट लिएका हुन् । यो सँगै बिग ब्यासमा छैठौं खेल खेल्दै गरेका सन्दीपले नवौ विकेट लिएका हुन् । यसअघि ५ खेलबाट ८ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

१६९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले ८ औं ओभरको दोस्रो बलमै ७ विकेट गुमाएर ५० रनमा खेलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us