
धनगढी, १५ चैत – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा सहमतिको राजनीतिको अवश्यकता भएको बताएका छन् ।
मेची–महाकाली जागरण अभियानको सुरुवात गर्न धनगढी आइपुगेका देउवाले दलहरुबीच सहमति जुटाएर एक वर्षभित्रै स्थानीय निर्वाचन र संविधान निर्माण कार्य सम्पन्न गर्नु पर्ने बताए ।
पार्टी भित्रसमेत आन्तरिक सहमतिको खाँचो औंल्याउदै उनले सहमति कै लागि संसदीय दल कार्य समितिको निर्वाचन स्थगित भएको दावी गरे ।
सो अवसरमा काँग्रेस उपसभापति सहमति जुट्न नसकेका विषयलाई पनि छिट्टै टुंग्याएर ६ महिनाभित्र संविधानको मस्यौदा तयार पार्ने बताए ।
‘सहमति जुटेका संविधानका केही बुँदामा सहमति जुटाउने प्रयास गरिन्छ,’ उनले भने, ‘सहमति जुटेपछि संविधानको मस्यौंदा पहिले र ६ महिना पछि संविधाननै जारी गर्छौ ।’
अभियान अन्तर्गत शनिबारदेखि क्षेत्रीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।