नेपालवाणी नेटवर्कमा तालाबन्दी

काठमाण्डु टुडे २०७० चैत १५ गते १:५४ मा प्रकाशित

talabandi2काठमाडौ, १५ चैत । पूर्व कर्मचारीहरुले तलवको माग गर्दै नेपालवाणी नेटवर्कमा तालाबन्दी गरेका छन् ।
नेटवर्कमा लामो समयसम्म काम गरेका पूर्वकर्मचारीहरुले आफूले पाउनुपर्ने तलब पटक माग्दा नपाएपछि उनीहरुले आज विहानै तालाबन्दी गरेका हुन।

आफ्नो तलब भुक्तानी गराउन रेडियो नेटवर्क प्रशासन तथा व्यवस्थापक शिव लम्सालको पटक पटक ध्यानाकर्षण गराउँदा पनि समस्याको सुनुवाई नगरेको कर्मचारीहरुले बताएका छन् ।
नेपालवाणी नेटवर्क अनामनगर काठमाडौंमा रेडियो उपत्यकासहित देशभरका विभिन्न रेडियो स्टेसनमा समाचार तथा विभिन्न समाचारमूलक कार्यक्रम प्रसारण गर्दै आएको सञ्चार संस्था हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us