सुनको भाउ ह्वात्तै बढ्यो

काठमाण्डु टुडे २०७५ माघ १३ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १३ माघ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने ६ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आइतबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us