स्थानीयले बनाइदिए प्रहरी चौकी

काठमाण्डु टुडे २०७० चैत १२ गते ७:०७ मा प्रकाशित

पसा, १२ चैत – नेपालको मुख्य पर्यटक प्रवेश नाका इनर्वामा वीरगन्जवासीको सहयोगमा झन्डै एक करोडको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको यही चैत १५ गते उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रहरी चौकी भवन निर्माणसँगै इनर्वा प्रहरी चौकीदेखि रजतजयन्ती चोकसम्मको मुख्य सडकको मर्मत र कालोपत्र गर्ने कार्य पनि तीव्रगतिमा भइरहेको छ ।

प्रहरी चौकी परिसरमा पर्यटकको सुविधाका लागि पर्यटक प्रहरी, एटिएम, टेलिफोन सेवा, पिउने पानी, स्नान घर र प्रतीक्षालयको समेत व्यवस्था गरिन लागेको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us