पत्रकार क्षेत्रीले जिल्ला अदालतबाट सफाई पाए

काठमाण्डु टुडे २०७० चैत ११ गते ११:२९ मा प्रकाशित

1913401_734654476568403_1855625994_oकाठमाण्डु, ११ चैत – जिल्ला अदालत काठमाण्डुले पत्रकार सूर्यकुमार क्षेत्रीलाई सफाई दिएको छ ।

सीआरबीटी मार्फत उपभोक्ता ठगेको विषयमा उज्यालो एफ.एफले समाचार र रिपोर्ट प्रसारण गरेपछि पक्राउ परेका व्यक्तिको झुटो विवरणका आधारमा चलाइएको मुद्दामा अदालतले क्षेत्रीलाई सफाई दिएको हो ।

सीआरबीटीमार्फत उपभोक्ता ठगेर पक्राउ परेका व्यक्तिले उल्टै क्षेत्रीले नै ठगेको भन्दै झुटो बयान दिएपछि २६ महिनादेखि उनले अदालतमा मुद्दा खेप्दै आएका थिए ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश नारायण श्रेष्ठको एकल इजलाशले क्षेत्री दोषी ठहर हुन नसक्ने भन्दै मुद्दा खारेज गरेको हो । सरकारले ०६८ माघ महिनामा क्षेत्री विरुद्ध मुद्दा दायर गरेको थियो ।

७ हजार धरौटी राखेर क्षेत्रीले मुद्दा लड्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us