विराटनगर, ११ चैत – एघार केजी अवैध गाँजासहित छ जना भारतीयलाई विराटनगर बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको छ ।
सुनसरीको चतराबाट बसमा आएका भारतीयमाथि शङ्का लागी बसपार्कमा प्रहरीले शरीरभित्र खोजतलास गर्दा गाँजा बरामद गरिएका मोरङका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।
प्लास्टिकको पोकामा बेरेर जिउमा लुकाई भारततर्फ लैजाने अवस्थामा पक्राउ परेका अभियुक्तलाई लागुऔषध कारोबारअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।